राइडशेयर एवम् डेलिभरि कर्मीहरू उनीहरूका मजदुरी र सुविधाहरूलाई लिएर मोलतोल गर्ने अधिकारको हकदार छन्

लेखिका नाओमी ओगुटु

 

यो महामारीले हरेक राइडशेयर (सवारी बोक्ने निजी वाहन) एवम् डेलिभरि (सामान आदि पुर्याउने) ड्राइभर (वाहन चालक)-लाई म जस्ता कर्मीहरूको जीवनमाथि बिग टेक (माइक्रोसफ्ट आदि जस्ता ठूल्ठूला प्रौद्योगिकी कम्पनीहरू)-को प्रभाव र शक्ति तथा नियन्त्रणलाई प्रदर्शित गरेको छ — यसले यो देखाएको छ कि हामीलाई यस्ता सङ्कटका समयहरूमा वास्तवमा नै एक सुरक्षा सञ्जालको खाँचो छ। धैरै समयदेखि बिग टेक एवम् एप कम्पनीहरूले राइडशेयर ड्राइभरहरूको शोषण गरिरहेका छन्।  हामी एक अभूतपूर्व जन-स्वास्थ्य एवम् आर्थिक सङ्कटबाट बाहिर निस्किरहेका छौं, अनि यस्तोमा स्थितिलाई जस्ताको तस्तै राख्नुको अर्थ यी कम्पनीहरूको जीत हो।

 

न्यू योर्क राज्यका 140,000 राइडशेयर ड्राइभरहरूमध्ये म एक हो, अनि मसित एक असल जीवनको लागि आवश्यक मजदुरी साथै सुविधाहरूलाई लिएर कुराकानी गर्नको लागि अन्य ड्राइभरहरूका साथ सामेल हुने आधारभूत स्वतन्त्रता छैन — यो एक यस्तो स्वतन्त्रता हो जसको मलाई तत्काल खाँचो छ। यो महामारीले मलाई के सिकाएको छ भने, आफ्नो अस्तित्वको लागि कार्यस्थलमा एक दह्रिलो आवाज उठाउन सक्नु औधि आवश्यक छ। यसकारण म ऐतिहासिक राइट टू बार्गेन (मोलतोल गर्ने अधिकार) विधेयकलाई समर्थन गर्छु, यसले न्यू योर्कका राइडशेयर एवम् डेलिभरि ड्राइभरहरूलाई ती सबै कुरोहरू उपलब्ध गराउनेछ जो यहाँका हरेक अन्य कर्मीहरूलाई प्रदान गरिएको छ: एक सुरक्षा सञ्जाल तथा युनियन (संघ)-मा सामेल हुने अधिकार साथै हाम्रो वेतन र कार्य गर्ने परिस्थितिहरूको सम्बन्धमा सामूहिक रूपमा मोलतोल गर्ने अधिकार।

 

मैले उबेर अनि लिफ्ट ड्राइभरको रूपमा पाँच वर्षभन्दा अधिक समय कार्य गरेको छु, अनि यसरी आफ्नो समुदायलाई अत्यावश्यक सेवा उपलब्ध गराएर पनि मलाई घर-संसार चलाउन धौ-धौ पर्छ।  म जस्तो आप्रवासीको लागि उपयुक्त, अन्य यस्ता कामहरू पर्याप्त मात्रामा उपलब्ध छैनन् जहाँ काम गर्ने समय लचिलो हुन्छ। तीनजनाको एक एक्लो आमा भएकी हुनाले मलाई एप कार्य शैलीको लचिलोपन आवश्यक छ किनभने यसरी म मेरा शिशुहरू स्कूल गएको समयमा काम गर्न सक्छु।

हाम्रो मजदुरी एवम् काम गर्ने परिस्थितिहरूमा सुधारहरू निम्ति ड्राइभरहरूको लागि वास्तविक रूपमा आवाज उठाउने खाँचो, महामारी सुरू हुनुभन्दा पहिलेदेखि नै थियो। एप कम्पनीहरूले ड्राइभरहरूको लागि नियमहरूमा निरन्तर परिवर्तन गरिरहन्छन्, जसले गर्दा हामीलाई जीवन धान्न सकिने कमाइ गर्न पनि गाह्रो पर्छ – यसमा वर्तमान कानुनद्वारा निश्चित निम्नतम मजदुरीको रकममा कमी गर्नु पनि सामेल छ। बिग टेकको मनमानी अधीन मलाई आफ्नो घर-संसार चलाउन धौ-धौ परिरहेछ; अनि स्थिति जस्ताको तस्तै रहे मेरो अवस्था पनि यस्तै रहनेछ।

 

बितेका दुइ वर्षहरूमा, उनीहरूले यस्ता हरसम्भव तरिकाहरू फेला पारेका छन् जसमा ड्राइभरहरूलाई न्यायोचित भुक्तानी गर्नबाट बाँच्न सकियोस्। दिनमा केही घण्टाहरूलाई छोडेर बाँकी समयको लागि मलाई लक गरिएको अर्थात् एपसितको सम्पर्कबाट बाहिर निकालिएको हुनाले अकस्मात् यस्तो स्थिति उत्पन्न भयो, जसमा मेरो घर-संसार चलाउनको लागि आवश्यक समय निम्ति काम गर्न पनि म असमर्थ भएँ। अचानक एपहरूले मलाई स्कूलका समयहरूमा पनि लक गर्न सुरू गरे। न्यू योर्क सहरका राइडशेयर ड्राइभरहरूले केवल लाइसेन्स अनि बीमाको लागि प्रति वर्ष हजारौं डलर खर्च गर्छन् तथा मैले मेरो वाहनको लिज (पट्टा) रकमको रूपमा माथै प्रति साता $600 तिर्नुपर्छ, यसकारण मैले जति सक्छु त्यति काम गर्नु मेरो लागि आवश्यक छ। एप कम्पनीका लकआउटहरूले गर्दा मेरो आम्दानी 80 प्रतिशत घटेर गयो अनि यसबारे मैले गर्नसक्ने केही थिएन। अनि म एक्लै थिइन, न्यू योर्क सहरका हजारौं ड्राइभरहरू अकस्मात् लक आउटको शिकार बनें र यसरी हाम्रो जीवन निर्वाहको साधन पनि लक अर्थात् बन्द भयो। ड्राइभरहरूको लागि एक वास्तविक कन्ट्र्याक्ट अर्थात् अनुबन्ध आवश्यक छ, एक यस्तो युनियन कन्ट्र्याक्ट जसमा कम्पनीहरूले हामीलाई पुनः कहिल्यै त्यसो गर्न नसकुन्।

 

जब न्यू योर्कमा कोभिड-19-को प्रहार भयो, मलाई यो कुरोको पुनः स्मरण भयो कि ड्राइभरहरू एप कम्पनीहरूको दया-मायामा कति धेरै आश्रित छन्। अचानक स्कूल बन्द भयो। अब म कसरी काम गर्न सक्थें? अन्य धेरै आमाबुवाहरूसरह, मैले वास्तवमा नै केही गर्न सकिन। तर न्यू योर्कका अधिकांश कर्मीहरूको विपरीत, मलाई यो पनि थाहा थिएन कि मैले बेरोजगारीसम्बन्धी सुविधाहरू पाउनेछु वा पाउनेछुइन। राइट टू बार्गेन (मोलतोलको अधिकार) विधेयकले एप कम्पनीहरूलाई न्यू योर्कको बेरोजगार कार्यक्रममा सहभागी बनाउनेछ अनि म जस्ता गिग् अर्थात् एक थरीका अस्थायी कर्मीहरूलाई त्यो सुरक्षा सञ्जाल प्राप्त हुनेछ जसको हामीलाई आवश्यकता छ।


जब मलाई शिशु स्याहार सुसारको सुविधा प्राप्त हुन्थ्यो, तब म आफ्नो समुदायको सेवा गर्ने साथै आवश्यक सेवाका कर्मचारीहरूलाई उनीहरूका कार्यस्थलहरूमा पुर्याउने उद्देश्यले काममा जान चाहन्थे, तर महामारीको समयमा वाहन चलाउनु एक औधी नै तनाउपूर्ण काम थियो। मैले मास्क नलगाइ काम गर्न हुँदैन थियो, तर त्यहाँ एउटै पनि उपलब्ध थिएन अनि उबेर साथै लिफ्टले मास्कहरू उपलब्ध गराइरहेका थिएनन्। सुरक्षित रहनको लागि, म स्वयंलाई मास्कको आवश्यकता थियो अनि मैले मेरा सवारीहरू निम्ति मास्कहरू उपलब्ध गराउनु जरूरी थियो। मैले मेरो सङ्गठन: NYC (न्यू योर्क सहर) राइडशेयर क्लबको सहयोगमा मास्कहरूको लागि कोष सङ्ग्रह गर्ने कार्यक्रम सुरू गर्ने निर्णय लिएँ अनि हामीले पाकिस्तानलाई केही मास्कहरूको अर्डर दियौं, तर कोभिड-19 प्रतिबन्धहरूले गर्दा शिपमेन्ट (सामानहरू)-लाई रोकेर राखियो। हाम्रा मास्कहरू कहिल्यै आइपुगेनन्। हामी अहिले पनि त्यो शिपमेन्टलाई पर्खेर बसिरहेका छौं। उबेरले केही सङ्ख्यामा उपलब्ध गरायो, तर त्यो पर्याप्त थिएन। भाग्यवश, इन्डिपेन्डेन्ट ड्राइभर्स गिल्डले मास्कहरू हासिल गर्ने दिशामा काम गर्यो अनि मैले स्वेच्छाले हजारौं ड्राइभरहरूलाई PPE (व्यक्तिगत सुरक्षा उपकरण) किटहरूको वितरण गर्ने कार्यमा मद्दत पुर्याएँ। तर महामारीको एक वर्षभन्दा बढी समय पश्चात् पनि, राइडशेयर कम्पनीहरूले पर्याप्त मात्रामा PPE-हरू उपलब्ध गराइरहेका छैनन्। हरेक ट्रिप (भ्रमण)-को बीचमा हामीले धेरै समय लगाएर वाहनलाई सफा गर्नुपर्छ, तर अहिले पनि उनीहरू यसको लागि हामीलाई भुक्तानी गर्नु अस्वीकार गर्छन् – अनि मोलतोल गर्ने सामूहिक अधिकारहरू अनि एक युनियन विना हामी यो समस्याको समाधान गर्न असमर्थ हुनेछौं। महामारीको समयमा अत्यावश्यक कार्यहरू गरिरहेका राइडशेयर एवम् डेलिभरि कर्मीहरूलाई हाम्रा कार्यस्थलहरूको सुरक्षालाई लिएर अहिलेभन्दा धेरै पहिले नै उनीहरूको पक्ष राख्ने अवसर दिइनुपर्थ्यो।

 

म राइट टू बार्गेन (मोलतोल गर्ने अधिकार) विधेयकको समर्थन गर्छु।  न्यू योर्कका राइडशेयर एवम् डेलिभरि कर्मीहरूलाई ती अधिकारहरूको खाँचो छ अनि उनीहरू यी अधिकारहरू चाहन्छन् जो युनियन अर्थात् सङ्घ अन्तर्गत रहेका कर्मीहरूलाई अगावै प्राप्त भएको छ: असल वेतन, सुविधाहरू, र कार्यस्थलमा सुधारहरूको माग गर्नको लागि एक सामूहिक आवाज जसको सहायताले हामी हाम्रो लागि सोझै मोलतोल गर्न सक्छौं।  हामी अब यसको लागि प्रतीक्षा गर्ने जोखिम उठाउन सक्दैनौं।

 

हालसालै, कतिपय निर्वाचित अधिकारीहरूले म जस्ता गिग् (अस्थायी) कर्मीहरूलाई समर्थन गर्ने दाबी गरे – तर हाम्रो लागि के सर्वोत्तम हुनेछ भन्ने कुरो हामीलाई राम्ररी थाहा हुन्छ भनी उनीहरू विश्वास गर्दैनन्, उनीहरू हामीलाई त्यो सम्मान दिँदैनन्। कतिपय विधायक वा सांसदहरूले राइट टू बार्गेन (मोलतोल गर्ने अधिकार) विधेयकको विरोध गरे, किनभने उनीहरू यो ठान्छन् कि उनीहरू ड्राइभरहरूभन्दा बढी जान्दछन्।  उनीहरू हामीलाई यो भन्छन् कि उनीहरूले ड्राइभरहरू तथा डेलिभरि कर्मीहरूको सहायतार्थ अन्य कानुनहरूलाई पारित गर्नेछन्, तर यस्तो केही गरेका छैनन्।

 

राइट टू बार्गेन (मोलतोल गर्ने अधिकार) कानुन हाम्रा कार्यस्थलहरूलाई सम्मानयोग्य बनाउने तथा अत्यावश्यक काम गर्ने कार्यबललाई सशक्त बनाउने दिशामा सारिने प्रथम पाइलो हो। हामी समान एवम् सङ्गत मजदुरीको प्राप्ति, राज्यमा बेरोजगारी र भेदभावबाट सुरक्षा जस्ता अति नै आवश्यक रोजगार सुरक्षाको लागि लडाइँ गरिरहेका छौं – अनि यो विधेयक त्यो साधन हो, जसले अहिले नै हामीलाई यी सुरक्षाहरू प्रदान गर्न सक्नेछ। विधायक वा सांसदहरूसमक्ष चयनको लागि दुइ विकल्पहरू छन्: हामीलाई विश्वास गर्नुहोस्, हाम्रो सम्मान गर्नुहोस्, अनि हाम्रो राइट टू बार्गेन (मोलतोल गर्ने अधिकार)-लाई समर्थन गरेर हामीलाई मद्दत पुर्याउनुहोस् – अथवा त्यो शोषणमूलक प्रथालाई कायम राख्नुहोस् जसले हामीलाई चोट पुर्याउँछ।

 

 


नाओमी ओगुटु 5 वर्षभन्दा बढी समयसम्म NYC (न्यू योर्क सहर) –मा उबेर अनि लिफ्ट ड्राइभर रहनुभएको छ। उहाँ NYC (न्यू योर्क सहर) राइडशेयर क्लबको संस्थापक साथै अध्यक्षा हुनुहुन्छ। उहाँ तीनजना शिशुहरूको सिङ्गल मदर अर्थात् एक्लो आमा हुनुहुन्छ।