राइडशेयर एवम् डेलिभरि कर्मीहरूको राइट टू बार्गेन (मोलतोल गर्ने अधिकार) विधेयकलाई समर्थन गर्ने दिशामा यसका शीर्षस्थ 10 कारणहरू

#RightToBargainNY

यो ऐतिहासिक विधेयकले न्यू योर्कमा राइडशेयर (सवारी बोक्ने निजी वाहन) ड्राइभरहरूको लागि सामूहिक रूपमा मोलतोल गर्नसक्ने अधिकारहरूलाई स्थापित गर्नेछ, उनीहरू प्रमुख रूपमा BIPOC (अश्वेत, मूल अमेरिकाली, गैर-श्वेत) कार्यबल हुन् जो राज्यभरिका अन्य कर्मीहरूलाई प्राप्त संरक्षण र सुरक्षाबाट वञ्चित छन्।

 

कर्मीहरूको युनियन (सङ्घ)-को गठन भयो भने के हुनेछ, त्यसबारे हामी जान्दछौं: मजदुरीमा वृद्धि हुन्छ। सुविधाहरूको विस्तार हुन्छ। कार्य गर्ने स्थितिहरूमा सुधार हुन्छ। ती कार्यबलहरू जसमा अधिकांश आप्रवासीहरू अनि POC (गैर-श्वेत) सामेल छन् अनि युनियनसित सम्बद्ध कर्मीहरूको मजदुरीमा स्पष्ट अन्तर छ, अनि न्यू योर्क राइडशेयर ड्राइभरहरू पहिले उल्लेख गरिएको कार्यबल अन्तर्गत पर्छन्।

 

यो विधेयकले न्यू योर्कका 200,000-भन्दा अधिक राइडशेयर एवम् डेलिभरि कर्मीहरूलाई युनियन (सङ्घ)-मा सामेल हुने साथै सामूहिक रूपमा बार्गेन अर्थात् मोलतोल गर्ने अधिकार प्रदान गर्नेछ। एप-आधारित ड्राइभरहरूको लागि सामूहिक रूपमा बार्गेन अर्थात् मोलतोल गर्ने ऐतिहासिक अधिकारहरूलाई स्थापित गर्दै यो विधेयकले एक यस्तो माध्यमको रूपमा कार्य गर्नेछ, जसले न्यू योर्कका हजारौं ड्राइभरहरू निम्ति सम्मान र प्रतिष्ठा, उच्च मजदुरी तथा कार्य गर्ने सुरक्षित परिवेशलाई सुनिश्चित गर्नेछ।

यस विधेयक अन्तर्गत, हरेक डेलिभरि एवम् राइडशेयर ड्राइभरले निम्नतम मजदुरीको ग्यारेन्टी साथै न्यायोचित वेतनको लागि बार्गेन अर्थात् मोलतोल गर्ने अधिकार प्राप्त गर्नेछन्, जो हालमा अन्य कर्मीहरूले प्राप्त गरिरहेका छन्। यसले निम्नतम मजदुरीको भुक्तानी गर्ने तथा कामदारको क्षतिपूर्ति साथै बेरोजगारी बीमा उपलब्ध गराउने जिम्मेवारी एप कम्पनीहरू दिनेछ, जसले गर्दा हजारौं ड्राइभरहरू निर्धनताको साङ्लोबाट मुक्त हुनेछन्।

 

यसले एक यस्तो मञ्चको सिर्जना गर्नेछ जसले कामदारहरूको दर्जालाई बढाउनेछ तथा अधिक मजदुरी, असल सुविधाहरू, र सुरक्षित कार्य परिवेश सुनिश्चित गर्नको लागि मोलतोल प्रक्रिया अन्तर्गत कुराकानी गर्ने सुविधा प्रदान गर्नेछ।

200,000-भन्दा अधिक सङ्ख्यामा भएका राइडशेयर एवम् डेलिभरि कामदारहरू न्यू योर्कको स्थानीय अर्थव्यवस्थाको एक प्रमुख हिस्सा हुन् अनि उनीहरूले यहाँका निवासीहरूलाई आवश्यक सेवाहरू उपलब्ध गराउँछन्। यद्यपि, ड्राइभरहरू बिग टेक (माइक्रोसफ्ट आदि जस्ता ठूल्ठूला प्रद्यौगिकी कम्पनीहरू) एप कम्पनीहरूको मनमानीको शिकार छन् जसले उनीहरूमाथि शोषणमूलक कमिसन र शुल्कका ढाँचाहरू थोपेका छन्, तर यो विधेयकले कामदारहरूलाई सामूहिक रूपमा यसबारे बार्गेन अर्थात् मोलतोल गर्ने शक्ति प्रदान गर्नेछ।

 

अहिले घडी, एप कम्पनीहरूले ड्राइभरहरूको गोजीबाट असीमित शुल्कहरू लिन सक्छन्, जसले राइडशेयर ड्राइभिङगको क्षेत्रमा पक्षपातलाई बढुवा दिइरहेको छ तथा हाम्रा समुदायहरूको माध्यमले कठिन मेहनतका साथ कमाइएको पैसालाई विदेशी ब्याङ्कहरू अनि लगानीकर्त्ताहरूको गोजीमा पुर्याइरहेको छ। यो विधेयकले ड्राइभरहरूलाई सामूहिक रूपमा बार्गेन अर्थात् मोलतोल गर्ने अधिकार प्रदान गर्ने हुनाले, यो पारित भएपछि यसले न्यायसङ्गत शुल्क र कमिसनको ढाँचाको लागि कुराकानी गर्ने एक मञ्च उपलब्ध गराउनेछ।

विधेयकले राज्यको बेरोजगारी बीमा कार्यक्रममा एप कम्पनीहरूको सहभागितालाई आवश्यक ठहर गर्छ अनि कामदारहरूलाई एप मञ्चबाट अन्यायपूर्ण तरिकाले निष्क्रिय तुल्याइएको स्थितिमा उनीहरूलाई सुरक्षा प्रदान गर्छ।

 

निष्क्रिय तुल्याउने यस्तो प्रक्रियाले ती ड्राइभरहरूको रोजीरोटीमाथि जोखिम उत्पन्न गर्छ जो वर्तमानमा बेरोजगारी बीमाको लागि योग्य ठहर भएका छैनन्, अनि अहिले उनीहरूका एकाउन्टहरूलाई निष्क्रिय पारियो भने उनीहरूले सबै थोक गुमाउनेछन्। यो विधेयकले एप कम्पनीहरूको लागि ती आप्रवासी कामदारहरूको बेरोजगारी कभरेजलाई विस्तार गर्न पनि आवश्यक ठहर गर्छ जसको कार्य गर्नेसम्बन्धी कागजातहरूको अन्तिम मिति समाप्त भइसकेको छ, यस्तो युनाइटेड स्टेट्समा प्रथमपल्ट हुनेछ।

ड्राइभरहरूले राइडशेयर एवम् डेलिभरिको काम रोज्ने सर्वाधिक आम एउटै कारण हो, उनीहरूलाई काम गर्ने लचिलो समयको आवश्यकता। काम गर्ने लचिलो समयको अधिकारलाई सुनिश्चित र प्रतिस्थापित गर्नु उद्योगको भविष्यको लागि एक प्रमुख कुञ्जी, अनि यस विधेयकका सर्वाधिक महत्त्वपूर्ण बुँदाहरूमध्ये एक हो।

 

यो विधेयकले एप कम्पनीहरूलाई तारिख, समय वा निम्नतम घण्टाको सम्बन्धमा आदेश दिनुबाट मनाही गर्छ जसलाई लिएर एपहरूमा लग अन गर्न कामदारहरूको लागि अनिवार्य ठहर गरिएको छ – यस क्षेत्रमा तत्काल सुरक्षा प्रदान गर्ने खाँचो छ। यो विधेयकले बिग टेकले एक लचिलो कार्यस्थल उपलब्ध गराउने उनीहरूको वाचालाई कायम राख्नेछ भन्ने कुरोलाई सुनिश्चित गर्नेछ।

साइकलमा सवार भएर जाने डेलिभरि कर्मीहरू तथा समग्र राज्यभरि ड्राइभिङ्ग गर्नेहरूले निरन्तर ठूलो जोखिमको सामना गर्छन्। वर्षौंदेखि, न्यू योर्कले ‘द ब्ल्याक कार फन्ड’ नामक कामदारहरूको क्षतिपूर्ति कार्यक्रम अधीन राइडशेयर कामदारहरूको सुरक्षा प्रदान गर्दै आएको छ – यो यसप्रकारको सुरक्षा उपलब्ध गराउने एकमात्र राज्य हो। यद्यपि, डेलिभरि ड्राइभरहरू भने असुरक्षित नै छन् अनि काम गर्दा गम्भीर रूपमा घाइते हुनेहरूले पनि क्षतिपूर्तिको रकम प्राप्त गर्नसकेका छैनन्। राइट टू बार्गेन (मोलतोल गर्ने अधिकार) विधेयकले डेलिभरि कर्मीहरूलाई पनि यो कार्यक्रमको परिधि अन्तर्गत ल्याउनेछ।

न्यू योर्क राइडशेयर ड्राइभरहरूमध्ये अधिकांश आप्रवासीहरू अनि BIPOC (अश्वेत, मूल अमेरिकाली, गैर-श्वेत) छन्, तथा उनीहरूका कार्यस्थलहरूको असाधारण परिस्थितिहरूले गर्दा उनीहरूलाई कार्यस्थलमा उत्पीडन र पक्षपातको जोखिम धेरै छ। ड्राइभरहरूले पृथक अवस्थामा एक्लै काम गर्छन्, अनि उनीहरू सवारीहरूको हिंसा वा उत्पीडनको शिकार हुने सम्भावना हुन्छ। राइडशेयर सेवाहरू लिने सवारीहरू मातेका छन्, भने, यो जोखिम झन बढेर जान्छ।

 

यस विधेयक अन्तर्गत, राइडशेयर कामदारहरूलाई उनीहरूको नसल, धर्म, मूल राष्ट, वा अन्य संरक्षित दर्जाको आधारमा गरिने भेदभावबाट सुरक्षा प्रदान गरिनेछ। विशेष गरी, 2021-मा नसलको आधारमा गरिने घृणाद्वारा उत्पन्न अपराधहरूमा भएको वृद्धिलाई मध्येनजर राखेर हेर्नु हो भने, अधिकांश सङ्ख्यामा आप्रवासीहरू भएको यो कार्यबलको लागि यस्ता सुरक्षा उपायहरू औधी महत्त्वपूर्ण छन्।

अहिले घडी, बिग टेकमाथि राइडशेयर कामदारहरूलाई ती सुविधाहरू उपलब्ध गराउने कुनै जिम्मेवारी छैन जुन सुविधाहरू न्यू योर्कभरिका अन्य कामदारहरूले प्राप्त गरिरहेका छन्। अन्य कुनै पनि उद्योगको लागि उसका कामदारहरूलाई जुन सुविधाहरू दिनु आवश्यक ठहर्छ, ती सुविधाहरूलाई पूर्ण वा आंशिक रूपमा पनि प्रदान गर्ने जिम्मेवारीहरूबाट बिग टेक मुक्त छ अनि यस्तो अवसरको सिर्जना गर्ने क्षमता नै गिग् (अस्थायी कर्मी) अर्थव्यवस्थाको प्रतीक-चिह्न हो।

 

राइडशेयर ड्राइभरहरू साथै एप आधारित कामदारहरू पनि यस्ता सुविधाहरूको हकदार छन्। यो विधेयकले पोर्टेबल (सुबाह्य) सुविधाहरूको एक प्रणालीलाई स्थापित गर्नेछ अनि डेलिभरिहरू र राइड (सवारी)-हरूमाथि अधिशुल्क थोपेर यसको लागि कोषको व्यवस्था गरिनेछ। युनियन (सङ्घ)-मा सामेल भएका राइडशेयर ड्राइभरहरूले आवश्यक सुविधाहरूको मामिलामा एप कम्पनीहरूसित सोझै मोलतोल गर्ने अधिकार पाउनेछन्, अनि यी सुविधाहरूमा उनीहरूको स्वास्थ्य सेवा, अपाङ्गता, अनि अवकाश पश्चात्-का सुविधाहरू सामेल छन् — एक ऐतिहासिक विजय।

अहिले घडी, न्यू योर्कमा राइडशेयर तथा डेलिभरि ड्राइभरहरूलाई, विना कुनै विधिसम्मत प्रक्रिया अनि न्यायसङ्गत कारण, कामबाट निकाल्न सकिन्छ – यसको कारण बिग टेकको प्रभाव र शक्ति हो। अधिकभन्दा अधिक न्यू योर्क वासीहरू उनीहरूको आम्दानीको प्रमुख स्रोतको रूपमा राइडशेयर ड्राइभिङ्गमाथि भर परिरहेका छन्, अनि कानुनलाई उनीहरूको आवश्यकता अनुरूप बनाउने समय यही नै हो।

 

राइट टू बार्गेन (मोलतोल गर्ने अधिकार) विधेयकले विधिसम्मत प्रक्रिया र न्यासङ्गत कारणको स्थापना गर्नुका साथै ती कामदारहरूको लागि गुनासो दर्ता गर्ने एक प्रक्रियालाई पनि स्थापित गर्नेछ, जसलाई निलम्बित गरिएको छ अथवा उनीहरूले काम गर्ने मञ्चबाट निष्क्रिय तुल्याइएको छ। यसले कामदारहरूलाई कुनै राइड वा डेलिभरिलाई, बदलाको कार्यवाहीको कुनै भय नराखी, अस्वीकार गर्ने अधिकार पनि प्रदान गर्नेछ। गुनासो दर्ता गर्ने प्रक्रियाको स्थापना गरेर अनि कुनै विधिसम्मत कारण विना कामदारहरूलाई निष्क्रिय तुल्याउन सकिँदैन भन्ने कुरो सुनिश्चित गरेर राइडशेयर कामदारहरूलाई रोजगारसम्बन्धी सुरक्षा प्रदान गरिनेछ, त्यो सुरक्षा जसमाथि उनीहरूका परिवारहरू भर पर्छन्।

समग्र युनाइटेड स्टेट्सका लाखौं लघु एवम् स्वतन्त्र व्यापारका स्वामीहरूले नियमहरूको पालन गर्दै काम गर्छन् — उनीहरूका कामदारहरूलाई जीवन धान्नसकिने मजदुरी साथै विधिसम्मत सुविधाहरू दिन्छन्, उनीहरूको बेरोजगारी र सुविधाहरूसित सम्बद्ध खर्च बेहोर्नमा योगदान दिन्छन्, अनि कामदारहरूका युनियन (सङ्घ)-हरूसित कुराकानी गर्छन्। बिग टेकले पनि यसै गर्नुपर्नेछ। यो विधेयक अन्तर्गत, एप कम्पनीहरूको लागि राज्यको बेरोजगारीसम्बन्धी प्रणालीमा भाग लिनु आवश्यक ठहर्छ, जसमा कागजातहरू नभएका कामदारहरूका सुविधाहरू निम्ति कोष उपलब्ध गराउनु पनि सामेल छ (युनाइटेड स्टेट्समा यसो गरिएको यो प्रथम अवसर हो)।  यो विधेयकले डेलिभरि कर्मीहरूको लागि पनि कामदारहरूको पूर्ण क्षतिपूर्ति कार्यक्रमको सिर्जना गर्नेछ जो ‘द् बल्याक कार फन्ड’-को मोडलमाथि आधारित हुनेछ, राइडशेयर कामदारहरूलाई पनि सामेल गरिएको यो कार्यक्रमलाई 1990-को दशकमा सुरू गरिएको थियो।