पटक्कै होइन। यो विधेयकले वादविवादको लागि अधिकार मात्र प्रदान नगरेर एक यस्तो अभूतपूर्व समाधान पनि प्रस्तुत गर्नेछ जसले कामदारलाई सशक्त बनाउनेछ। राइट टू बार्गेन (मोलतोल गर्ने अधिकार) विधेयकले प्लेटफर्म अर्थात् एप कम्पनीहरूलाई निम्नतम मजदुरीको भुक्तानी, कामदारलाई क्षतिपूर्ति प्रदान गर्नु अनि बेरोजगारी बीमा जस्ता कार्यहरूको लागि जिम्मेवार ठहर गर्नेछ, तथा यस्तो भएको यो सर्वप्रथम अवसर हुनेछ। यसले वादविवादको अधिकार प्रदान गर्ने एक यस्तो आधार वा मञ्चको सिर्जना गर्नेछ जसले तत्कालै यी कामदारहरूको दर्जालाई बढाउनेछ तथा त्यसपछि अनुबन्धसम्बन्धी कुराकानीको माध्यमले त्यो आधारमाथि अन्य कुरोहरूको निर्माण हुँदैजानेछ। त्यसपछि कामदारहरू अनि उनीहरूको युनियन (सङ्घ) अधिकतम मजदुरी, असल सुविधाहरू, तथा काम गर्ने अधिक सुरक्षित परिवेशहरूको लागि कुराकानी गर्न समर्थ हुनेछन्।

प्रप 22 कामदारहरूको लागि एक बन्द गल्ली थियो। यो कामदारहरूको निम्न दर्जालाई जस्ताको तस्तै राख्ने अनि कामदारहरूलाई युनियनमा सामेल हुने साथै उनीहरूको जीवन शैलीमा सुधार गर्ने अवसर कहिल्यै नदिने प्रक्रियालाई सुनिश्चित गर्ने एक परियोजना थियो जसलाई कम्पनीहरूले सामुन्ने ल्याएका थिए।

राइट टू बार्गेन विधेयक प्रप 22-को ठीक विपरीत छ। कामदारहरूको लागि एक निम्न सीमा निर्धारित गर्नुको सट्टा यसले वास्तविक कामदार क्षतिपूर्ति (औधी कमजोर “दुर्घटना बीमा”-को सट्टा) अनुरूप उच्च सीमा निर्धारित गर्छ, वास्तविक बेरोजगारी बीमा उपलब्ध गराउँछ, अनि भेदभावहरूबाट सुरक्षा प्रदान गर्छ। सर्वाधिक महत्त्वपूर्ण के छ भने, राइट टू बार्गेन विधेयकले युनियनमा सामेल हुने सहज मार्ग उपलब्ध गराउँछ अनि यसको माध्यमले कामदारहरू सशक्त रूपमा अगाडि बढ्न सक्छन् तथा थप क्षतिपूर्ति एवम् तोकिएको सीमाभन्दा अधिक सुविधाहरूका साथ उनीहरूको कार्य/परिवेश साथै जीवन शैलीमा सुधार ल्याउन सक्छन्।


यसको विपरीत, यो प्रस्तावले कामदारका सुरक्षाहरूलाई धेरै विस्तारित गर्नेछ, अनि यसरी कडा मेहनत गर्ने हजारौं न्यू योर्कवासीहरू तथा उनीहरूका परिवारहरूको जीवन स्तरमा तत्काल सुधार आउनेछ। अहिले घडी यस राज्यमा हजारौंको सङ्ख्यामा यस्ता गिग् (अस्थायी) कामदारहरू छन् जसलाई कुनै पनि प्रकारको सुरक्षा प्राप्त भएको छैन। यीसबभन्दा माथि, उनीहरूसित मजदुरीमा वृद्धि साथै काम गर्ने परिवेशहरूमा सुधारको लागि सामूहिक रूपमा माग गर्ने अधिकार छैन। यो विधेयकको माध्यमले हामी ती कामदारहरूलाई तत्काल सुरक्षा प्रदान गर्न सक्नेछौं साथै युनियनको गठनद्वारा उनीहरूलाई सशक्त बनाउन सक्नेछौं। विधेयकमा गिग् (अस्थायी) कामदारहरूको लागि अत्यावश्यक सुविधाहरूको एक लामो सूची सामेल छ:

 

– निम्नतम मजदुरी

– कामदारको क्षतिपूर्ति

– बेरोजगारी बीमा (कागजातहरू नभएकाहरूको लागि पनि)

– भेदभावबाट सुरक्षा

– युनियनको अधिकार

– कामबाट निकाल्नेसम्बन्धी सुरक्षा

– यस्ता सुविधाहरू जसको लागि भुक्तानी गरिन्छ


यो विधेयकले ती गिग् (अस्थायी) कामदारहरूको लागि मात्रै काम गर्नेछ जो हाम्रो जन-सुरक्षा सञ्जालको परिधि अन्तर्गत छैनन्, यस्ता कामदारहरू, जसलाई कुनै सुरक्षा प्राप्त छैन। यो विधेयकमा, विशेष रूपमा, यस्ता अन्य सबै उद्योगहरू एवम् कार्यबलहरूलाई सामेल गरिएको छैन जहाँ कामदारहरूलाई कर्मचारीहरू (employees)-को रूपमा वर्गीकृत गरिएको छ, यसकारण अन्य कामदारहरूको लागि त्यहाँ कुनै परिवर्तन हुनेछैन।

 

अर्थव्यवस्थाका उद्भव भइरहेका क्षेत्रहरूका कामदारहरू सशक्तिकरण साथै उनीहरूका मजदुरी र कार्य परिवेशहरूमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नयाँ रणनीतिहरू तयार गर्ने दिशामा एकजुट भएको एक लामो इतिहास छ। आज अस्तित्वमा रहेका विशालतम श्रमिक सङ्घहरूमध्ये धेरै, सुरूमा एक सानो समूह थिए जसको गठन, कामदारहरूले उनीहरूका अधिकारहरूलाई अगाडि बढाउनको लागि, कल्याणकारी समुदाय वा संस्थाहरूको रूपमा गरेका थिए। इन्डिपेन्डेन्ट (स्वतन्त्र) ड्राइभर्स गिल्ड यही परम्पराको एक हिस्सा हो।

होइन। दुःखको कुरो के छ भने, गिग् (अस्थायी) कामदारहरूसित समग्र युनाइटेड स्टेट्समा पहिलेदेखि नै दोस्रो दर्जा वा यसभन्दा पनि तल्लो श्रेणीका कामदारहरूको रूपमा व्यवहार गरिन्छ। यो ऐतिहासिक विधेयक त्यो अन्यायलाई समाप्त पार्ने दिशामा सारिएको एक औधी महत्त्वपूर्ण पाइलो हो, अनि यसले गिग् कामदारहरूलाई सशक्त बनाउनेछ तथा ती न्यू योर्कवासीहरूका अधिकारहरू एवम् सुरक्षालाई विस्तारित गर्नेछ जो धेरै समयदेखि शोषणको शिकार बन्दै आएका छन्। न्यू योर्कवासीहरूले कामदारहरूका अधिकारहरूको लागि मार्ग प्रशस्त गरेको एक लामो इतिहास छ। अब गिग् कर्मीहरूका अधिकारहरूलाई विस्तारित गर्दै राष्ट्रलाई एकपल्ट फेरि नेतृत्व प्रदान गर्ने समय, न्यू योर्कको लागि आएको छ।

यी कम्पनीहरूले कामदारको काम गर्ने समयको फ्लेक्सिबिलिटि अर्थात् लचिलोपनलाई पहिले पनि समाप्त गरेका छन्, तथा यसको रोकथामको लागि कामदारहरू र उनीहरूको युनियन (सङ्घ)-ले कुराकानी मार्फत उनीहरूको पक्षमा एक सम्झौता नगरूञ्जेल ती कम्पनीहरूले फेरि यसै गर्नेछन् भन्ने कुरोमा कुनै सन्देह छैन। यो विधेयकले कामदारहरूले उनीहरूको काम गर्ने समयको लचिलोपनलाई कायम राख्न सक्छन् भन्ने निर्देश दिन्छ।

 

इन्डिपेन्डेन्ट ड्राइभर्स गिल्डले न्यू योर्क सहरका ड्राइभरहरूलाई निम्नतम मजदुरी र खर्चहरू दिलाउनको लागि वर्षौं कडा सङ्घर्ष गर्यो, तर पूर्ण मजदुरीको भुक्तानीलाई टार्नको लागि प्रतिक्रियास्वरूप, प्लेटफर्म कम्पनीहरूले ड्राइभरहरूलाई एपबाट बाहिर निकालिदिए, अनि शिफ्टहरूको गठन गरे जसले गर्दा काम गर्ने समयमाथि ड्राइभरहरूको कुनै नियन्त्रण रहेन, एपप्रति उनीहरूको पहुँचलाई सीमित पारियो तथा समग्रतामा उनीहरूको काम गर्ने समयमा जुन लचिलोपन थियो, त्यसलाई सीमित तुल्याइयो। यसको परिणामस्वरूप, ड्राइभरहरूले विद्रोह गरे जो राष्ट्रको अहिलेसम्मको सर्वाधिक विशाल गिग् कर्मी प्रतिवाद थियो, यसरी न्यू योर्क सहरमा व्यस्त समयको बेलामा यातायात सेवा ठप्प भएको थियो।

राइट टू बार्गेन अनि PRO ऐनले गिग् (अस्थायी) कामदारहरूको सशक्तिकरण निम्ति एकसाथ मिलेर काम गर्नेछन्। राज्यमा राइट टू बार्गेन अर्थात् मोलतोल गर्ने अधिकार लागू भएपछि कामदारहरूले तत्काल अति नै आवश्यक सुरक्षाहरू हासिल गर्नेछन् अनि उनीहरूका युनियनहरूको माध्यमले सङ्गठित हुन थाल्नेछन्। प्लेटफर्म कम्पनीहरूले वर्गीकरणसम्बन्धी चुनौतीहरूको लागि एक अर्ब डलरभन्दा अधिक रकम खर्च गरेका छन् अनि हामी यो अपेक्षा गर्छौं कि PRO ऐन पारित भएपछि यसले कानुनी चुनौतीहरूको सामना गर्नुपर्नेछ। यसैबीच, राज्यमा राइट टू बार्गेन लागू भएपछि कामदारहरूले यी चुनौतीहरूको फैसलासम्म पर्खेर बसिरहने आवश्यकता पर्दैन। कामदारहरूले सङ्गठित हुने प्रक्रियालाई तत्काल सुरु गर्न सक्नेछन् अनि तुरन्तै सम्बद्ध अधिकारहरू र सुरक्षा प्राप्त गर्न सक्नेछन्। कानुनी चुनौतीहरूको फैसला आउने समयसम्म कामदारहरू, उनीहरूका युनियनहरूमा सङ्गठित भइसकेका हुनेछन् तथा NLRA (राष्ट्रिय श्रम सर-सम्पर्क ऐन) अधीन मान्यता प्राप्त गर्नमा सफल हुनको लागि तम्तयार भइसकेका हुनेछन्।

यो विधेयकले हजारौं न्यू योर्कवासीहरूलाई बेरोजगारीसित सम्बद्ध सुविधाहरू अनि सुरक्षा उपलब्ध गराउनेछ।


राइट टू बार्गेन विधेयकले एप कम्पनीहरूलाई बेरोजगारी बीमा कार्यक्रमको लागि भुक्तानी गर्नु आवश्यक ठहर गर्छ, अनि यो कार्यक्रमलाई सम्बद्ध कार्यबलका आवश्यकताहरू अनुरूप तयार गरिएको छ, तथा यसले कामदारहरूलाई त्यस समयमा सुरक्षा उपलब्ध गराउँछ जब उनीहरूलाई एप प्लेटफर्मबाट निष्क्रिय तुल्याइएको हुन्छ। वर्तमान प्रणाली अन्तर्गत यदि कुनै ड्राइभरले उबेर एपप्रति एक्सेस अर्थात् पहुँच गुमायो, तर उसले लिफ्ट एप डाउनलोड गर्न सक्छ भने, ड्राइभर सुविधाहरूको लागि योग्य ठहर हुँदैन। राइट टू बार्गेन अर्थात् मोलतोल गर्ने अधिकार अन्तर्गत ड्राइभर योग्य ठहर हुनेछ। विधेयकमा ती अप्रवासी कामदारहरूलाई कभर गर्नको लागि कोष उपलब्ध गराउने प्रावधान पनि छ जसको काम गर्नेसम्बन्धी कागजातहरूको म्याद समाप्त भइसकेको छ, यस्तो युनाइटेड स्टेट्समा प्रथमपल्ट हुनेछ।

सोसल मिडियामा भएका कतिपय गलत जानकारीहरूको विपरीत, यो विधेयकमा विशेष रूपमा यो भनिएको छ कि कुनै कामदार कम्पनीका मानकहरूलाई पूरा गर्नमा असफल भएको छ भने पनि उसलाई बेरोजगारी सुविधाहरूको लागि अयोग्य ठहर गर्न सकिँदैन, उदाहरणार्थ, 4.5 स्टार रेटिङ्गलाई कायम राख्नमा असफलता।

हो। यो प्रस्तावलाई सुरक्षा साथै राइट टू बार्गेन अर्थात् सौदाबाजीको अधिकार, र युनियनमा सामेल हुने अधिकारको माग गर्ने न्यू योर्कका गिग् कामदारहरूले दिशा दिएका हुन्।  गिग् (अस्थायी) कामदारहरूलाई यी अधिकारहरू प्रदान गर्नको लागि राज्यका नेताहरूले दुइ वर्षभन्दा अधिक समयदेखि सरोकारवालाहरूसित सक्रियताका साथ कुराकानी गरिरहेका छन् वा भनौं, उनीहरूसित संलग्न छन्। गिग् (अस्थायी) कामदारहरूका अधिकारहरूलाई स्थापित गर्ने सम्बन्धमा कैयौं सुनुवाइहरू आयोजित गरिए जसमा कामदारहरूले सामूहिक रूपमा सौदाबाजी गर्ने अधिकारको समर्थनमा बयान दिए।

 

मशीनिस्ट (यन्त्र चालक)-हरूको अन्तर्राष्ट्रिय संस्थाले 1990-को दशकदेखि नै न्यू योर्कको ब्ल्याक कार ड्राइभरहरूसित मिलेर सम्बद्ध दिशामा काम गरिरहेका छन्।  पाँच वर्ष अगाडि उनीहरूले इन्डिपेन्डेन्ट ड्राइभर्स गिल्ड (IDG)-को गठन गरे, जसको उद्देश्य यी कामदारहरूलाई एक वास्तविक ट्रेड युनियन (श्रमिक सङ्गठन)-मा सामेल गर्ने तरिका खोज्ने दिशामा नेतृत्व प्रदान गर्नुथियो। त्यसपछिदेखि, गिल्डको वृद्धि एवम् विकास हुँदै गइरहेछ।  वर्तमानमा IDG-ले न्यू योर्कका 100,000-भन्दा अधिक ड्राइभरहरूको प्रतिनिधित्व गर्छ अनि अन्य हजारौंको समर्थनमा वकालत गर्छ। गिल्ड सदस्यहरूको एक मतदानमा 95 प्रतिशतले यो भने कि उनीहरू सौदाबाजी गर्ने शक्ति भएको एक युनियन चाहन्छन् अनि यो विधेयकलाई आकार दिनमा IDG सदस्यहरूको महत्त्वपूर्ण भूमिका छ।

 

IDG देशको एक अग्रणी ड्राइभर सङ्गठन हो, जसको प्राथमिक उद्देश्य सामूहिक रूपमा सौदाबाजी गर्ने अधिकार निम्ति लड्नको लागि ड्राइभरहरूलाई एकजुट बनाउनु तथा ड्राइभरहरूलाई असल वेतन, कार्य परिवेश, अनि सुविधाहरूको लागि कुराकानी गर्ने अधिकार प्रदान गर्नु हो। IDG-को ठूल्ठूला लडाइँहरू लडेको अनि त्यसमा विजय प्राप्त गरेको इतिहास छ जसको परिणास्वरूप, एप कम्पनीहरूका ढुकुटीहरूबाट $1 अर्बभन्दा बढी रकम ड्राइभरहरूका गोजीहरूमा गयो, यसमा $27.86 रकमको निम्नतम मजदुरी, उबेर एपमा टिपको विकल्पलाई आवश्यक ठहर गर्ने, सुविधाहरूमा वृद्धि एवम् विस्तार, अन्यायपूर्ण ढङ्गमा निष्क्रिय तुल्याइएका हजारौंको पक्षबाट अपील र त्यसमा सफलता, हवाईअड्डा राइड-हेल लट्समा अवकास कक्षहरू हासिल गर्नु तथा अन्य धेरै उपलब्धिहरू सामेल छन्।

IDG एक नाफा नकमाउने निकाय हो तर यो स्थापित युनियन होइन, यसकारण यो विधेयक अन्तर्गत यसलाई एक युनियन ठहर गरिनेछैन, अनि IDG-ले आफूलाई योग्य ठहऱ्याउने प्रयास पनि गर्दैन।  मशीनिस्ट युनियनले राइडशेयर कामदारहरूलाई तथा ट्रान्सपोर्ट वर्कर्स युनियन (यातायात कामदार सङ्घ)-ले डेलिभरि कामदारहरूलाई युनियनमा सामेल गर्ने आशा राखेका छन्।  अन्ततः यसको चुनाउ कामदारहरूले नै गर्नेछन्।

राइट टू बार्गेन अर्थात सौदाबाजीको अधिकारसम्बन्धी विधेयक पारित भएपछि यसले 200,000-भन्दा अधिक न्यू योर्कवासीहरूलाई युनियन (सङ्घ)-मा सामेल हुने अधिकार प्रदान गर्नेछ, अनि सङ्गठनहरूको निर्माण गर्ने दिशामा यो एक यस्तो विशालतम उपलब्धि हुनेछ जो राज्यमा दशकौंदेखि भएको थिएन। यसभन्दा बढी, विधेयकले सौदाबाजीको मेचमा पुग्नको लागि प्रचलित संघीय कानुनभन्दा अधिक द्रूत मार्ग उपलब्ध गराउँछ। एक सम्पूर्ण उद्योगको लागि एकजुट भएर सौदाबाजी गरेको खण्डमा, हामीले अधिकभन्दा अधिक कामदारहरूलाई चाँडोभन्दा चाँडो राहत पुर्याउन सक्छौं, यतिमात्र होइन, हामीले युनियनहरूलाई असफल तुल्याउनलाई गरिएका प्रयासहरूलाई पनि विफल पार्न सक्छौं। विशेषज्ञहरूले के पाएका छन्, भने सेक्टरल बार्गेनिङ्ग-ले कलेक्टिभ बार्गेनिङ्ग कभरेजका उच्च स्तरहरू हासिल गर्छ अनि यसकारण “यो आम्दानीमा असमानतालाई कम्ती पार्ने दिशामा एन्टरप्राइज (सिङ्गो उद्यम) बार्गेनिङ्गभन्दा अधिक प्रभावकारी हुन्छ तथा वेतनमा नसल र लिङ्ग आधारित असमानतालाई दूर गर्ने दिशामा एन्टरप्राइज बार्गेनिङ्गभन्दा उल्लेखनीय रूपमा अधिक प्रभावकारी हुन्छ।”

यो विधेयकको उद्देश्य यी कामदारहरूको लागि निम्नतम हासिल गर्नु मात्र होइन। यसको उद्देश्य कामदारहरूको लागि एक शक्तिशाली आधारको निर्माण गर्नु पनि हो जसमाथि कामदारहरू उनीहरूका अधिकारहरूको लागि एकजुट भएर उभिन सकुन्।

 

यी कामदारहरूमध्ये कतिपय न्यू योर्कमा सबैभन्दा कम्ती संरक्षण प्राप्त गर्ने कर्मीहरू हुन्। उनीहरूलाई संघीय स्तरमा युनियनमा सामेल हुनुबाट वञ्चित गरिएको छ।  डेलिभरि अनि राइडशेयर कर्मीहरू उनीहरूका अधिकारहरूको लागि एक्लै लड्न असमर्थ रहेका छन्।  अब उनीहरू एकसाथ मिलेर लड्नको लागि समर्थ हुनेछन्। कर्मीहरूको युनियन (सङ्घ)-को गठन भयो भने के हुनेछ, त्यसबारे हामी जान्दछौं:  मजदुरीमा वृद्धि हुन्छ, सुविधाहरूको विस्तार हुन्छ, कार्य गर्ने स्थितिहरू अधिक असल र सुरक्षित हुन्छन्। अधिकांश परिमाणमा आप्रवसी र गैर-श्वेतहरू सामेल भएको कार्यबलको लागि त यो झनै सत्य सिद्ध हुन्छ।  राइट टू बार्गेन अर्थात् सौदाबाजीको अधिकार विधेयकले आउने वर्षहरू अनि दशकहरूमा न्यू योर्कका डेलिभरि एवम् राइडशेयर कामदारहरूको जीवनमा यसप्रकारका सुधारहरू ल्याउनेछ।

 

राइट टू बार्गेन विधेयकले यी कामदारहरूको दर्जामा वृद्धि गर्नेछ (कामदारको क्षतिपूर्ति, बेरोजगारी बीमा, निम्नतम मजदुरी, भेदभावबाट सुरक्षा) अनि त्यसपछि त्यसलाई अगाडि बढ्नको लागि एक आधारको रूपमा उपयोग गर्नेछ। त्यसपछि युनियन अधिक मजदुरी, अधिक असल सुविधाहरू, अनि अधिक सुरक्षित कार्य परिवेशको लागि कुराकानी गर्न समर्थ हुनेछ। जब संघीय श्रम कानुन सामुन्ने आउँछ, जस्तो कि जब प्रो ऐन (Pro Act) पारित हुन्छ, तबसम्ममा कामदारहरूलाई त्यो शक्ति हासिल भइसकेको हुन्छ, यो एक यस्तो कडी हो जो धेरै रोजगारदाता/कर्मचारी मोडलहरूमा अनुपस्थित हुन्छ।

होइन। नयाँ कानुनले निम्नतम मजदुरीको लागि एक मञ्चको सिर्जना गरेको छ अनि यसले कामदारहरूको न्यायोचित वेतनको लागि सौदाबाजी निम्ति मार्ग प्रशस्त गर्नेछ, जस्तै सामानहरूको डेलिभरि गर्दा वा सवारीहरू बोक्दा उनीहरूको कमाइ कति हुनुपर्छ, त्यसको निर्धारण।  धेरै कामदारहरूले आगामी कामको लागि पर्खिएर बस्दा एकै समयमा एकभन्दा बढी एपहरू खोलेर राख्छन्, अनि त्यो समयावधिको लागि कुन कम्पनीले भुक्तानी गर्नुपर्नेछ, सो निर्धारित गर्न असम्भव छ।  यस्ता मामिलाहरूसित निब्टिनको लागि, विधेयकअनुसार कामदारहरूलाई निम्नतम मजदुरीको गुणजमा भुक्तानी गर्नु आवश्यक ठहरिन्छ जो सामानहरूको डेलिभरि अथवा सवारीहरूलाई बोक्नमा लागेको समयमाथि आधारित हुन्छ अनि यसरी काम गर्नको लागि बिताइएको अन्य समयको हिसाबकिताब मिलाइन्छ। यसको अतिरिक्त, खर्चहरूको हिसाबकिताब मिलाउनको लागि कामदारहरूलाई माइलको हिसाबले पनि भुक्तानी गरिन्छ। यो नै त्यो मार्ग हो, जसको उपयोग राइडशेयर ड्राइभरहरू निम्ति न्यू योर्क सहरको ऐतिहासिक निम्नतम मजदुरीको मानक स्थापित गर्नको लागि गरिन्छ।

 

हामीले यो अगावै देखिसकेका छौं कि गिग् (अस्थायी) कामदारहरू सङ्गठित भएको खण्डमा उनीहरूले के-कस्ता जीतहरू हासिल गर्न सक्छन्। न्यू योर्क सहरका राइडशेयर ड्राइभरहरू, इन्डिपेन्डेन्ट ड्राइभर्स गिल्डको सहयोगमा, राष्ट्रको प्रथम साथै वास्तविक निम्नतम मजदुरीसम्बन्धी सुरक्षा प्राप्त गर्नमा सफल भए, सहरले गरेको हिसाबअनुसार, यसरी ड्राइभरको वेतनमा जम्मा आधा अर्ब डलरभन्दा अधिक रकमको वृद्धि भयो। राइट टू बार्गेन अर्थात् सौदाबाजीको अधिकारको सहायताले न्यू योर्क राज्यका सबै डेलिभरि एवम् राइडशेयर ड्राइभरहरूले निम्नतम मजदुरीको ग्यारेन्टी साथै न्यायोचित वेतनको लागि सौदाबाजी गर्ने हाल प्रचलित अधिकार प्राप्त गर्नेछन्। यो प्रस्तावले उनीहरूलाई जुन दरले भुक्तानी गरिन्छ, त्यो दर निम्नतम मजदुरीको स्थापित मानकभन्दा उच्च हुनु आवश्यक छ भनी ठहर गर्छ। प्रतीक्षाको समय अनि खर्चहरूको लागि पनि पर्याप्त हुने दर निश्चित गर्नलाई कामदारहरू अनि उनीहरूको युनियनले कम्पनीहरूसित कुराकानी गर्नेछन्। कम्पनीहरूले पर्याप्त रकमको भुक्तानी गर्न अस्वीकार गरेको खण्डमा, यो मामिला छिनोफानोको लागि मध्यस्थसमक्ष जानेछ तथा वर्तमानमा प्रचलित निम्नतम मजदुरीसम्बन्धी कानुनलाई लिएर हेरविचार गर्ने राज्य बोर्डले “कुनै निश्चित उद्योगमा कामदारले कम्तीमा पनि निम्नतम मजदुरी कमाउन सकोस्” भन्ने कुरोलाई सुनिश्चित गर्नेछ। न्यू योर्क सहरका ड्राइभरहरूको लागि, यो विधेयकले वर्तमान लागू निम्नतम मजदुरीलाई एक आधारको रूपमा स्थापित गर्नेछ अनि सौदाबाजीद्वारा नयाँ मजदुरी तय नभइञ्जेल यही दर नै लागू रहनेछ।  कम्ती दरलाई, कुनै युनियनले स्वीकार गर्नेछैन, तथा कुनै कामदारले अनुमोदित गर्नेछैन।